एमाले र माओवादीबीच पार्टी एकतासँगै इतिहासमै शक्तिशाली कम्युनिष्ट पार्टी गठन भएको छ । पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुईजना अध्यक्ष बनेका छन् । दुवै अध्यक्षको हैसियत समान र निर्णयमा पनि उत्तिकै शक्तिशाली हुनेछन् ।

एकतासँगै केन्द्र, प्रदेश र स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टीको स्थान झनै बलियो बनेको छ । एकीकृत पार्टीको राष्ट्रियसभामा कूल ५९ सदस्यमध्ये ४२ सदस्य छन् । यस्तै प्रतिनिधिसभाका २७५ सांसदमध्ये यो पार्टीको १७४ सांसद छन् । त्यो कूल संख्याको ६३ दशमलव ५० प्रतिशत हो ।

 

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा यो पार्टीले ४७ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको थियो । निर्वाचन आयोगले सदर गरेको ९५ लाख ४४ हजार ७७९ मत मध्ये ४४ लाख ७७ हजार २१५ मत एकीकृत पार्टीको रहेको छ ।

सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको बहुमत छ भने प्रदेशसभाका ५५० सदस्यमध्ये ३५१ जना नेकपाको प्रदेश सांसद छन् । यस्तै स्थानीय तहमा समेत नेपाल कम्युनिष्ट पार्टीको बहुमत छ ।

केन्द्र, प्रदेश र स्थानीय तहमा नेकपाको स्थान :
प्रतिनिधिसभा : २७५ सांसदमध्ये नेकपाका १७४
राष्ट्रियसभा : ५९ सांसदमध्ये नेकपाका ४२

६ वटा प्रदेशमा बहुमत :
प्रदेश १ : ९३ सांसदमध्ये नेकपाका ६७
प्रदेश २ : १०७ सांसदमध्ये नेकपाका ३२
प्रदेश ३ : ११० सांसदमध्ये नेकपाका ८१
प्रदेश ४ : ६० सांसदमध्ये नेकपाका ३२
प्रदेश ५ : ८७ सांसदमध्ये नेकपाका ६१
प्रदेश ६ : ४० सांसदमध्ये नेकपाका ३३
प्रदेश ७ : ५३ सांसदमध्ये नेकपाका ३९

स्थानीय तह :
६ महानगरमध्ये ३ मा प्रमुख, १ मा उपप्रमुख
११ उपमहानगरमध्ये ७ मा प्रमुख
२८० नगरपालिकामध्ये १४६ मा प्रमुख, १७२ मा उपप्रमुख
४८६ गाउँपालिकामध्ये २४३ मा अध्यक्ष, २६२ मा उपाध्यक्ष

उज्यालो अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah