बलिउडकी सुन्दर अभिनेत्री प्रियंका चोपडाको उमेर ३५ वर्ष कटिसकेको छ।
उमेर बढ्दै जाँदा प्रियंकाको परिवारले अब विवाह गरिदिएहुन्थ्यो भन्ने चाहना गरेका छन्।
तर, उनले भने विवाह गर्न तयार भएको तर भनेजस्तो पुरुष नपाएको भन्दै कुरा पन्छाउँदै आएकी छन्।
हालै एक प्रसंगमा प्रियंकाले आफूलाई चाहिएको श्रीमान् कस्तो हो भन्ने कुरा खुलाएको खबर आज प्रकाशित साप्ताहिकले छापेको छ।
प्रियंका भन्छिन्, ‘त्यो पुरुष मलाई देखेर पागल होस्, अत्यन्तै माया गर्ने खालको होस् अनि मनको खुलेर भनोस्।’
प्रियंकालाई लाग्छ, अधिकतर पुरुषले मनका कुरा मनमै लुकाउँछन्। तर यस्ता पुरुष आफूलाई मन नपर्ने उनले बताएकी छन्।



