काठमाडौं । डिआईजीहरुको सरुवा तथा पदस्थापन भएको छ। गृह मन्त्रालयले महानगरीय प्रहरी कार्यालयमा मनोज नेउपाने तथा प्रहरी एकेडेमीमा पुष्कर कार्कीको सरुवा गरेको छ।

शुक्रबार बढुवा गरेर फुली लगाएका १६ जना डिआईजीको पनि पदस्थापन भएको बताइएको छ। सातै प्रदेशमा इन्चार्जका रुपमा डिआईजी पठाइएको हो।
कुन प्रदेशमा को ?
सरुवा अनुसार प्रदेश १ मा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपक कुमार थापा, ४ मा दानसिंह बोहोरा, ५ मा शेरबहादुर बस्नेत, ६ मा सुरेशबिक्रम शाह तथा ७ मा शरद चन्दको पदस्थापन भएको छ।
त्यस्तै कार्यविभागमा छविलाल जोशी, मानव स्रोत विकास विभागमा ज्ञानबिक्रम शाह, तथा अपराध अनुसन्धान विभागमा धिरु बस्नेतको सरुवा भएको छ।

शुक्रबार मात्र केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रबिन्द्र प्रसाद शर्मा, कमल जिटी, महेन्द्र कुमार पोखरेल, महेश बिक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिह बोहोरा, सुशील भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी डिआईजीमा बढुवा भएका छन्। उनीहरुको साँझ गृह मन्त्रालयले पदस्थापन गरेको हो।

नेपाल समाचारपत्र बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah