मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा यो हप्ता सूर्योदय पाठशालामा भारतीय पुस्तक प्रयोगको विषयले धेरैको ध्यान तान्यो । राष्ट्रियताको सवाल गम्भिर रुपमा उठ्यो । त्यहाँ बिद्यालयको कमजोरी वा नियत जे भने पनि त्यो पाच्य हुन खालेको थिएन ।

बिभिन्न कोणबाट यस बिद्यालयलाइ हेर्ने काम भयो । कतिपय अवस्थामा अभिभावक नै रुष्ट थिए भने यस बिद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न जाँदा इन्कार गरेकाले त्यो बिषय पनि मिसिएको थियो ।

यो त एउटा बिद्यालयमा देखिएको लापरवाहीको एउटा रुप थियो । यो समचार प्रकाशित भएपछि र यो बिषय उठान गरेपछि निक्कै फोनहरु आए । निक्कै प्रतिक्रियाहरु पाईए । दमकमा धेरै नीजि बिद्यालयहरुले लुट मच्चाइरहेकाछन् ।

हेर्ने निकाय अब स्थानीय सरकार नगरपालिका हो । यहाँ शिक्षा शाखा पनि छ । तर ध्यान थप कक्षामा गयो । यसमा आर्थिक देखि लिएर अन्य थुप्र्रै कुराहरु जोडिएर आउदा रहेछन् । स्वयं बिद्यालय सञ्चालकहरुले नै यो कुरा बाहिर नल्याउन भन्दै जानकारी पनि गराए ।

बिद्यालयका नामहरु आएकाछन् । तर अहिले नै बिद्यालयको नामहरु यहाँ उल्लेख छैन । आवश्यक प्रमाणहरुका आधारमा यि नामहरु पनि सार्वजनिक होला या स्थानीय सरकार नगरपालिकाले अनुगमन गरेर पत्ता लगाएर सार्वजनिक गर्ला । तर यहाँ लुटका केहि नमूनाहरु यस्ता देखिन्छन् ।

 

लुट नं. १ किताव कापी

दमकका धेरैजसो बिद्यालयहरुले आफ्नै बिद्यालय वा तोकेको स्थानबाट नै पुस्तक र कापीकलम किन्न उर्दी जारी गरेकाछन् । यो अनिवार्य छ । बिद्यार्थीहरुलाइ त्यहि सिकाईएको छ र अभिभावकलाइ उनिहरुले बाध्य बनाउनछन् । यो एकप्रकारको सिण्डिगेट नै रहेको छ । कापी पनि बिद्यालयमा नै किन्नु पर्छ । एक अभिभावकका अनुसार आफ्नो छोरालाइ बाहिरको कापी किनेर दिदा त्यो किन ल्याएको भनेर शिक्षिकाले झपारेपछि छोरो घर रुदै आएको थियो ।

लुट नं. २ पोशाक

अहिले लुटको एउटा राम्रो माध्यम बनेको छ पोशाक । बिद्यालयले पोशाकमा पनि सिण्डिगेट चलाएकाछन् । ठूला बिद्यालयहरुले त यसबाट राम्रै आम्दानी गर्दा रहेछन् । एकजना बिद्यार्थीको पोशाकबाट ३ देखि ५ सय रुपिया आउदा ५ सय बिद्यार्थी भएको बिद्यालयले कति कमिशन पाउला ?

लुट नं. ३ मनपरी फि र कक्षा सञ्चालन

बिद्यालयहरुमा शुल्क एकरुपता रहेको छैन । नीजि बिद्यालयहरुले परिक्षामा बिद्यार्थी पास गराउनै पर्ने भन्दै ट्यूशनको नाममा समेत पैसा असुली गर्ने गरेकाछन् । फि पनि मनोमानी नै रहेको छ । अनुमति बेगरका कक्षाहरु पनि सञ्चालनमा रहेकाछन् । दमकमा एउटा बिद्यालयले दर्ता बेगर नै यति धेरै बिज्ञापन गर्योकी त्यो रोक्न एकदिन पनि निर्देशन भएन । बल्ल पछि दर्ता भयो । क्रमश…..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah