विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालको घरमा केहिबेर अघि बम बिस्फोट भएको छ । घरको च्यानगेटमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । बेलुकी ८ बजेट ३० मिनेटको समयमा शक्तिशाली आवाज सहित बम बिस्फोट भएको थियो ।
बम बिस्फोटमा परेर 2 जना गम्भिर घाइते भएको बताइएको छ । बिस्फोट भएको ठाँउमा रगत बगेको देखिएको छ । घाइतेहरुको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । अहिले उक्त स्थानमा स्थानीयहरुको भिड लागेको जनाईएको छ ।
इलाका प्रहरी कार्यालय दमकले बम बिस्फोट भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार ठूलो आवाज आएपछि तत्काल घटनास्थल प्रहरी पुगेको थियो । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालित रहेकाछन् ।




