एजेन्सी। बलिउड अभिनेता ऋतिक रोसनको लुक एक पटक फेरि चर्चामा छ। उनको फिल्म ‘सुपर ३०’ को सेटबाट एउटा फोटो भाइरल भएको छ। यो तस्विरमा ऋतिकले पाइन्ट र कमिज र हाफ स्वेटर लगाएका छन्। यो अवतारमा ऋतिकलाई शायद यसअघि कहिल्यै देखिएको थिएन।
ध्यानपूर्वक हेर्नुस यो तस्विरमा ऋतिकको जुँगा पनि आएको छ। धेरैजसो क्लीन शेव गर्ने ऋतिकको यो लुक निकै फरक छ। विकास बहलको निर्देशनमा बनेको यो फिल्म २०१९ मा रिलीज हुने भएको छ। यो फिल्ममा ऋतिक प्रोफेसर आनन्द कुमारको भूमिका निर्वाह गर्दैछन्।
यी तिनै आनन्द सर हुन् जो आर्थिक रुपमा कमजोर विद्यार्थीलाई आईआईटी एन्ट्रेसको तालिम दिन्छन्। आनन्द सरको कोचिङ यस्तो छ, उनका करिव सबै विद्यार्थी आईआईटीमा छनोट हुन्छन्। यो कामकालागि आनन्द पूर्व राष्ट्रपति प्रवण मुखर्जीबाट सम्मानित पनि भएका छन्। अहिले ऋतिक यही फिल्ममा जुटेका छन्। त्यस बाहेक ऋतिकले कुनै पनि प्रोजेक्टमा काम गरेका छैनन्।
२००० मा फिल्म ‘कलो ना प्यार है’ बाट अभिनेताका रुपमा बलिउडमा डुब्यू गरेका उनी अहिले बलिउडका सुपर हिरो हुुन्। चाँडै उनी आफ्नो सुपरहिट फिल्म कृष सीरीजको कृष–४ को शुटिङमा व्यस्त हुँदैछन्।



