दमक/गयराती कमल गाँउपालिकाकाको वडा नं. ५ स्थित पाडाजुंगी छेउमा रोकिराखेको ट्याक्टरको डालामा ठोक्किएर दूर्घटनाहुदा दूइ जनाको घटनास्थलमा नै ज्यान गएको बताईएको छ ।
मोरंगको उर्लाबारीबाट पूर्व गइरहेको को ३३ प १९५१ नम्बरको मोटरसाइकल रोकिराखेको मे १ त ४५२८ नम्बरको ट्याक्टरको डालामा पस्दा मोटरसाइकल चालक सहित पछाडि सवार महिलाको घटनास्थलमा नै ज्यान गएको बताईएको छ ।
मोटरसाइकल चालक उर्लाबारी नगरपालिका वडा नं. ८ का स्थानीय ब्यापारी राजु लिम्बु र उक्त मोटरसाइकलमा पछाडि सवार पथरीकी २५ बर्षिया बिमला लिम्बुको दूर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताए ।




