मुम्बई – सोनाक्षी लामो समय देखि आफ्नो वजन घटाउने प्रयासमा लागिरहेकी छिन् जसमा उनले सफलता प्राप्त गरिन् । यो नयाँ लुकमा उनी अब सलमान खानको दवंग ३मा आउनेछिन् । दुवै चलचित्रमा उनी परिवर्तित देखिन्थिन्, अब आउने दबंग ३ मा त झन् उनी पूरै बदलिएकी छन् ।
चलचित्रको डायरेक्टर अरबाज खान र प्रोड्युसर प्रभुदेवाले निश्चित गरेका छन् कि सोनाक्षी नै सलमान खानको साथमा मुख्य भूमिकामा हुनेछिन् । उनले अहिलेसम्म आफ्नो ३५ केजी वजन घटाइसकेकी छिन् । बलीउड करियरको शुरूवात गर्नु भन्दा पहिला उनको वजन ९० केजी थियो । जब उनले सन् २०१० मा सलमान खानको साथमा ‘दबंग’ चलचित्रबाट डेब्यूको मौका पाएकी थिइन् त्यसबेला उनले आफ्नो ३० केजी वजन घटाएकी थिइन् ।
कमै व्यक्तिलाई थाहा छ कि चलचित्रमा आउनु भन्दा पहिला उनलाई आफ्नो वजनलाई लिएर कुनै प्रवाह थिएन । उनले एउटा इन्टरभ्यूमा बताएकी छन् कि ‘म सलमान प्रति कृतज्ञ छु कि मलाई उनले नै आफ्नो वजन घटाउनको लागि हौसला दिएका थिए ।’ उनले बताइन् कि सलमान खानले भनेपछि नै उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन थालेकी हुन् ।
सोनाक्षीले बताइन् कि उनलाई वजन कम गर्नु त्यति सजिलो थिएन । जिममा ट्रेनिङ लिन जानु उनलाई सजिलो थिएन । उनले एक पटक तौल घटाउने मन बनाइन् त्यसपछि पछि फर्केर हेरिनन् । उनले एक्सरसाइज गर्न जिम जान थालेपछि उनले कहिले पनि आफ्नो वजन हेरिनन् । उनलाई बिस्तारै आफू फिट भएको अनुभव हुन थाल्यो । उनले आफ्नो वजन कम गर्न शाहिद कपूरको ट्रेनरलाई ल्याइन् । उनले आफूनो पछिल्लो समयको फोटो इन्स्टाग्राम मार्फत शेयर गरेकि छिन् ।,



