काठमाडौं, १७ पुस । संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । प्रधानमन्त्रीले मन्त्रीपरिसदमा राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई ल्याउने तयारी गरेका छन् ।
थपाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गरेका छन् भने गच्छदार पनि सरकारमा जान तयार छन्।
थापासँग जिज्ञासा राख्दा उनले भने ‘म अहिले धनगढीमा छु अनौपचारिक रुपमा यसअघि कुरा भएपनि औपचारिक रुपमा कुरा भएको छैन । पार्टीमा यसबारे कुरा गर्न बाँकी छ ।’
गच्छदारले सरकारको आलोचना गर्न थालेपछि प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइरहेको स्रोतको भनाइ छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।



