भारतीय कलाकार सलमान खानको आज हुने भनिएको नेपाल टुर स्थगित भएको छ । खानसहितको टोलीले काठमाडौँको टुँडिखेलमा गर्ने भनिएको द ब्याङ्ग टुर कन्सर्ट हुनु एक दिन अगाडि अनिश्चित कालका लागि स्थगित भएको हो ।

यसअघि १० मार्चमा हुने भनिएको कार्यक्रम विप्लव समूहको चेतावनीका कारण स्थगित भएको थियो । त्यसपछि कन्सर्ट २६ मे अर्थात् आज शनिबारका लागि हुने कन्फर्म भएको सूचना ओडिसी इन्टरटेनमेन्टले गरेको थियो ।

तर २६ मेको दिन नजिकिँदासमेत कुनै तयारी गरिएको थिएन र एक दिन अगाडि कार्यक्रम नहुने जानकारी गराईको हो ।

सन् १९९८ मा फिल्म हम साथ साथ हैं को सुटिङका क्रममा गोली प्रहार गरी कृष्णसारको हत्या गरेको अभियोगमा सलमान खान दोषी ठहर भएका थिए । अदालतबाट दोषी ठहर भएलगत्तै उनी जेल परेका थिए । जोधपुर जेलमा दुई दिन विताएपछि उनलाई धरौटीमा रिहा गरिएको थियो ।

सलमान खानले विदेश यात्राका लागि जोधपुर जिल्ला प्रशासन र अदालतमा निवेदन दिएका थिए । जोधपुर अदालतले खानलाई विदेश यात्राका लागि अनुमति दिएको थियो ।

मे २५ देखि जुलाई १० को बीचमा सलमान क्यानडा, नेपाल र अमेरिकाको यात्रा गर्ने कार्यक्रम थियो । रिपोटर्स नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah