दमक । उपराष्ट्रपति नन्दकिशोर पुनले हरेक व्यक्तिलाई प्रेम गर्न सकेमात्र मुलुकमा शान्ति कायम हुने बताएका छन् ।

हेवेन्ली पाथ नेपाल हेड क्वाटरले आज झापाको लखनपुरमा आयोजना गरेको दु:खहरण पूजा कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजमा रहेका हरेक समुदायबीच भातृत्व कायम भए मात्र मुलुकमा शान्ति कायम हुने बताएका हुन् ।

मुलुकमा भइरहेको अन्योलको राजनीतिक निकास दिन पनि प्रेम र सद्भावको खाँचो रहेको पुनले सुनाए । उनले सोही अवसरमा मास्टर गड्एन्जलले लेखेको शान्ति अहिंसा सम्बन्धी पुस्तकको विमोचन गरे । हेवेन्ली पाथका केन्द्रीय अध्यक्ष क्याप्टेन खेमहाङ्ग मादेनले शान्ति अहिंसा अहिलेको आवश्यकता भएको बताए ।

नेपाल, भारत, भुटान, थाइल्याण्ड, युके र सिंगापुरलगायतका देशबाट आएका झनका माझ विभिन्न धर्मावलम्बीका गुरुहरुले सामुहिकरुपमा सर्वधर्म पूजा गरी आआफनो धर्मको मन्त्र जपेर शान्तिको कामना गरेका थिए ।

सर्वधर्म पूजामा हिन्दू, बुद्ध, मुस्लिम, इसाई, किरातलगायतका धर्मका गुरु सहभागी रहेको कार्यक्रम आयोजक संस्थाका महासचिव प्रेम राईले बताए ।

कार्यक्रममा मास्टर गड्एन्जलले धार्मिक प्रवचन दिएका थिए । कार्यक्रममा ७० हजारभन्दा बढी झनको सहभागिता रहेको आयोजकले जनाएको छ ।

साझामन्च बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah