दमक/आज सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण गर्दैछन् । संघीय नेपालको पहिलो बजेट भएकाले यसलाइ महत्वपूर्ण रुपमा हेरिएको छ ।
घाटा बजेट भएकाले अब सरकारले के कुरामा प्राथमिकता राख्ला र अर्थतन्त्र सुधार सहितको कस्तो बजेट ल्याउला भन्नेमा सर्वत्र चासो रहेको छ । सबैभन्दा ठूलो चासो कर्मचारी बृतमा देखिएको छ । अत्यन्त गोप्य रुपमा बजेट बनाइएप्छि कसैले पनि यसमा भेउ पाउन सकेकाछैनन् ।
श्रोतका अनुसार कर्मचारीको तलव बृद्धि हुदैछ । कर्मचारीका आधिकारीक ट्रेड युनियनहरुले ३० देखि दूईसयप्रतिशतसम्म तलव बृद्धिको माग गरेकाछन् । पियनको कम्तिमा ३० हजार र मुख्य सचिबको १ लाख ५० हजारसम्म पुर्याउनु पर्ने माग रहेको पाईएको छ
सरकारले १५ प्रतिशतको हाराहारीमा तलव बृद्धि गर्न सक्ने बताइन्छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारका बिष्णु रिमालले कर्मचारीहरुलाइ खुसि पार्ने गरी तलव बृद्धि हुने बताएका थिए ।



