काठमाडौं, १८ पुस । नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो। पहिलो पटक सहभागि नेपाल आर्मीलाई फाइनलमा पन्छाउदै उपाधि जितेपछि नेपाल एपीएफ र नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सातौं राष्ट्रिय खेलकुदको अनुभव के रहयो भनेर सोध्दा उनी त्यसमा निकै सकरात्मक थिए ।

उनी मोरङको बैजनाथपुरमा रहेको क्रिकेट मैदानबाट प्रभावित थिए । भलै ३० यार्ड बाहिर बलौटे माटोमा क्रिकेटका इभेन्ट सम्पन्न भएका थिए । पारसले बैजनाथपुर क्रिकेट मैदान र नेपाली क्रिकेटको वर्तमान अवस्थालाई यसरी चित्रण गरे :

समग्रमा हेर्दा मैदान राम्रो बनाउन सकिन्छ। पूर्वाधार छ, त्यसलाई विकसित गर्नुपर्छ। यो मैदानलाई यतिकै छाड्नु भएन्। लगानी गर्ने हो भने यो अझ राम्रो हुन्छ। एक महिनामै यति भएको छ भने यसलाई अझ राम्रो हामी किन बनाउन सक्दैनौं। नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैन। एक दमै इमान्दार भएर भन्नु पर्दा केन्यासँग खेल हुदैंछ भन्ने थाहा छ, अरु केही थाहा छैन। राष्ट्रिय टिमले मात्र खेलेर क्रिकेट कहा पुग्छ भनेर कहिल्यै तौलनु भएन ।
आशा गरौं नेपाली क्रिकेटको विवाद चाँडो भन्दा चाँडो सुल्झियोस। आइसीसीको प्रतिनिधिहरु आएर सबै सरोकारा बालाहरुसँग आएर बैठक गरिरहेका छन्। हामी भने आफ्नै बाद विवादमा अल्झिरहेका छौं अहिले पनि। सबैभन्दा दुख लाग्दो के हो भने हामी क्रिकेट विकासका लागि कहिल्यै पनि बाद विवाद र झगडा गरेनौं।
आज जे भइरहेको छ, पदका लागि भइरहेको छ। नेपाल क्रिकेट विकास गर्छु भनेर यस्तो हानाथाप गरेको भए हाम्रो क्रिकेट धेरै माथि पुगिसकेको हुन्थ्यो। मलाई थाहा छैन को ठिक हो को बेठिक हो। तर आगामी दिनमा जति सक्दो नेपाली क्रिकेटलाई अगाडी बढाउन एउटा संस्थागत संघ चाहि चाहिन्छ।

कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah