काठमाडौं, १८ पुस । संसदमा सहमतिमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग परामर्श गर्दैछन् ।

सिंहदरबारमा बिहान १० बजे प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीलाई आफ्नै कार्यकक्षमा बोलाएको स्रोतले जनाएको छ । ‘बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभपाति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल हुँदैछ’, स्रोतले भन्यो ।

प्रधानमन्त्री दाहालले यसअघि आइतबार एमालेका अध्यक्ष ओलीसँग छुट्टै भेटवार्ता गरेका थिए । भेटमा उनीहरूबीच खासै सहमति हुन नसकेको समाचार बाहिर आएको छ ।

संविधान संशोधनमा लचक हुन र सदन चल्न दिन प्रधानमन्त्री दाहालले एमालेसँग पटक पटक आग्रह गर्दै आएका छन् । तर एमालेले प्रधानमन्त्रीको आग्रहलाई टेरपुच्छर लगाएको छैन ।

सरकारले जबरजस्ती सदनमा संशोधन प्रस्ताव अगाडि बढायो भने प्रतिबाद गर्ने एमालेले यसअघि नै चेतावनी दिइसकेको छ ।

दैनिक नेपाल बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah