‘सगरमाथा झै उच्च हाम्रो स्वाभिमान
नेपाली टोपी हाम्रो पहिचान” भन्ने नाराको साथ हिजो चौँथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवश -२०७३ को अवसरमा ब्रदर्श नेपाल र BSN को आयोजना तथा बिभिन्न संघसँस्थाहरुको सहकार्यमा “बृहत नेपाली टोपि र्याली ” तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यस क्रममा सहयोग र साथ दिनुहुने सम्पुर्ण संघ सँस्था पत्रकार मित्रहरु र राष्ट्रप्रेमि महानुभावहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं।
कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिनुभएकोमा नेपाल सरकारका माननिय भुमिसुधार मन्त्री बिक्रम पाण्डे, साहित्यकार गोविन्दराज बिनोदी, नेपाली फुटबल स्टार बिमल घर्तिमगर लगायत चितवनका सम्पुर्ण प्रमुखहरु प्रति हार्दिक कृतज्ञता हामी व्यक्त गर्दछौं। साथै यस कार्यक्रममा उपस्थिति हुनु भएका सम्पूर्ण साथी भाई तथा दिदी बहिनी
आमाबुबा हरु प्रति हामी आभारी छौं ।






