काठमाडाँै, १८ पुस । त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ ।

बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक केशवराज बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा विद्यार्थीको तथ्याङ्क सार्ने कार्य भइरहेको छ । अनलाइनबाट फाराम भर्ने भएपछि विद्यार्थीले एकै पटक केन्द्रीय कार्यालयमा आई ट्रान्सक्रिप्ट लिन पाउनेछन् ।

“हामी एक महिनाभित्रमा तथ्याङ्क सार्ने काम सक्छाँै”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले विद्यार्थीलाई सजिलो होस् भनेर अनलाइनमार्फत ट्रान्सक्रिप्टका लागि फाराम सञ्चालनमा ल्याउँछौँ ।” अनलाइनमार्फत फाराम भरेपछि एक हप्ताभित्र केन्द्रीय कार्यालयबाट विद्यार्थीले ट्रान्सक्रिप्ट पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah