काठमाडौं, २३ जेठ– स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी गत शुक्रबारबाट उपेन्द्र यादवले पाएका छन् । स्वास्थ्य मन्त्रालयमा संघीय समाजवादी फोरमका अध्यक्ष यादवले जिम्मेवारी पाएसँगै यसअघि मन्त्रालयको जिम्मेवारीमा रहेकी अर्यालय राज्य मन्त्रीमा समेटिएकी छिन् ।

राज्यमन्त्री रहेकी अर्याल मन्त्री निवास पुलचोकमा रहेकी छन् । गत शुक्रबारबाट स्वास्थ्यमन्त्रालयको जिम्मेवारी पाएका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव भने मन्त्री क्वार्टर खाली नहुँदा आफ्नै निवास हात्तीवनमा बस्दै आएका छन् । राज्य मन्त्री अर्याल मन्त्री पदबाट हटेमा मन्त्री निवास खाली भए त्यहा नै बस्ने उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवको तयारी छ ।

स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य राज्यमन्त्री अर्यालसँग मन्त्रालयको यसअघि भएका कार्यको ब्रिफिङ समेत लिइसकेका छन् । सरकारले उपप्रधान तथा स्वास्थमन्त्री यादवको लागि क्वार्टर खोजीरहेको बेला उनले भने मन्त्री निवास पुलचोकमा नै बस्ने सोचमा छन् ।

‘अहिले मन्त्री निवासमा क्वार्टर खाली छैन रहेछ, स्वास्थ्य राज्य मन्त्री अर्याल स्वास्थ्य मन्त्रालयबाट हट्ने कुरा भएको छ, यदि राज्यमन्त्रीले स्वास्थ्यमन्त्रालयबाट हट्नुभयो भने र अन्य मन्त्रालयमा पनि जिम्मेवारी पाउनुभएन भने मन्त्री क्वार्टरबाट पनि निस्कनु हुन्छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘राज्यमन्त्री हट्नुभयो भने उपप्रधान तथा स्वास्थ्यमन्त्रीको लागि मन्त्री निवासमै क्वार्टर खाली हुन्छ, अनि त्यहा बस्नुहुन्छ ।’

स्वास्थ्य राज्यमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालयमा उप्रप्रधान तथा स्वास्थ्यमन्त्री यादवसँगै कार्य नगर्ने अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयबाट हटाएर राज्यमन्त्री अर्याललाई अन्य मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्रीले गरेको स्रोतको दाबी छ । अर्यालय अन्य मन्त्रालयको जिम्मेवारीमा रहेको खण्डमा उनी मन्त्री क्वाटरमा नै हरनेछिन् ।
स्वास्थ्य राज्य मन्त्री अर्याल भने आफूले कुनै न कुनै मन्त्रालयको जिम्मेवारी पाउनेमा ढुक्क छिन् ।
-लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah