काठमाडौँ, १९ पुस । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकादेखि उत्तर र पूर्वी क्षेत्रमा सोमबार हिमपात र वर्षा भएको छ ।

काठमाडौँ उपत्यकामा यो हिउँदमा हालसम्मकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । सोमबार उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस रेकर्ड गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार ४ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले दिनुभएको जानकारीअनुसार पश्चिमी वायुको प्रभाव पश्चिम नेपालका तराई र पहाडी क्षेत्रमा त्यति नदेखिए पनि पश्चिमका उच्च हिमाली क्षेत्र, उपत्यका र पूर्वी नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा बदली भइरहेको छ ।

पश्चिम नेपालका हिमाली जिल्ला दार्चुला, बझाङ, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, गोरखाको उत्तरी भेग, रसुवा, दोलखा, सोलुखुम्बु, ताप्लेजुङ लगायत जिल्लामा हिमपात भएको छ भने काठमाडौँ उपत्यका र जुम्लामा सामान्य वर्षा भएको विभागले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव यो हिउँदमा दोस्रो पटक हो । डिसेम्बर २५ तारेखमा विकसित भएर नेपाली आकाशमा पहिलो पटक प्रवेश गरेको पश्चिमी वायुले सुदूर पश्चिमका केही क्षेत्रमा पानी पारेको थियो भने डिसेम्बर ३१ तारेखमा प्रवेश गरेको दोस्रो पटकको वायुको प्रभाव मङ्गलबार (आज) बाट उपत्यका वरपर बिस्तारै हटे पनि सुदूर पूर्वी क्षेत्रमा भने केही दिनसम्म अझै रहन सक्ने विभागका महानिर्देशक डा. शर्माले बताए ।

सोमबार उपत्यकाको भिजिबिलिटी राम्रै भए पनि पूर्वी तराई र पहाडी जिल्लामा भिजिबिलिटी राम्रो नहुँदा हवाई उडानसमेत रद्द भएका छन् । विशेष गरेर उपत्यकामा आइतबार र सोमबार अत्यधिक चिसो हुँदा जनजीवन प्रभावित भएको छ भने बाक्लो हिमपात हुँदा हिमाली जिल्लाको सडक यातायात, हवाई सेवा प्रभावित भई जीवन कष्टकर भएको छ । उपत्यकाको भिजिबिलिटी आठ किलोमिटरसम्म भए पनि पूर्वी तराई भने बाक्लो हुस्सु लागेको भिजिबिलिटी एकदमै कम रहेको विभागले जनाएको छ । पश्चिमी तराईमा भने आइतबार र सोमबार दिनभर घाम लागेको थियो ।

मनाङ, मुस्ताङ, गोरखाको उत्तरी भेग, बझाङ, हुम्ला, डोल्पा लगायतका जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपात कारणले मानिसहरू बाहिर निस्कन नसक्ने भएका र दैनिक उपभोग्य सामानको अभाव हुन थालेको बताइएको छ ।

हरेक हिउँदभरिमा पश्चिमी वायुको प्रभाव कम्तीमा दुईदेखि पाँच पटकसम्म पर्ने गरेको छ । यो वर्ष दुई पटक परिसकेको छ । दुई पटकसम्म परेको पश्चिमी वायुको प्रभावले हिउँदे बालीलाई चाहिने पानी भने पर्न सकेको छैन । गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah