काठमाडौं– टेलिश्रृंखला ‘सिंहदरबार’को दोस्रो संस्करण चाँडै सार्वजनिक हुने भएको छ। ‘सिंहदरबार’को दोस्रो संस्करणलाई फिल्म नवीन सुब्बाले निर्देशन गरिरहेका छन्।

सर्च फर कमन ग्राउन्ड नेपालको निर्माणमा बनिरहेको टेलिश्रृंखलामा अभिनेत्री गौरी मल्ल मुख्य पात्रका रुपमा रहेकी छन्। उनलाई सिंहदरबारको पहिलो संस्करणमा जस्तै फेरि प्रधानमन्त्री आशा सिंहका रूपमा देख्न सकिनेछ।

अभिनेत्री मल्लका अनुसार, टेलिशृंखलामा उनी वाम गठबन्धन सरकारको नेतृत्वमा देखिनेछिन्।

‘देश बृहत् राजनीतिक परिवर्तनको बाटो भएर अगाडि बढिरहेको बेला सिंहदरबारको दोस्रो श्रृंखलाको अंश बन्न पाउँदा निकै उत्साहित छु’, उनले भनिन्।

यो श्रृंखलाले संघीयता, सुशासन, नागरिकको मौलिक हक, समावेशी तथा लैङ्गिक अल्पसंख्यकका अधिकार जस्ता महत्वपूर्ण मुद्दालाई अगाडि बढाउने उनको अपेक्षा छ।

१३ भागको श्रृंखलाले देशलाई सकारात्मक बाटोतर्फ अगाडि बढाउन अघि सरेकी पहिलो महिला प्रधानमन्त्रीले सामना गर्नुपरेका चुनौतीहरूलाई केलाउने प्रयत्न गर्ने बताइएको छ।

टेलिश्रृंखला असारको अन्तिम सातादेखि नेपाल टेलिभिजनमा प्रसारणमा आउनेछ। श्रृंखलाको दोस्रो संस्करणमा गौरी मल्लका साथै रमेश रञ्जन झा, प्रमोद अग्रहरी, हेमन्त चालिसे, आलोक थापा, प्रकाश घिमिरे, बादल भट्ट लगायत मुख्य भूमिकामा देखिनेछन्। नेपाल लाइभ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah