काठमाडौं, १९ पुस । प्रमुख विपक्षी दलको अवरोधका कारण स्थगित हुँदै आएको संसदको बैठक आजका लागि आह्वान गरिएको छ ।
दिउँसो एक बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधान संशोधनको दोस्रो विधेयक र निर्वाचनसम्बन्धी केही विधेयकहरू पेश गर्ने संसद सचिवालयले जनाएको छ ।
संविधान संशोधनको सीमाङ्कनमा असहमति जनाउँदै आएका एमालेसहितका नौँ दलहरूले यसअघि पटक पटक सदन अवरोध गरिसकेका छन् ।
आजको बैठक चल्ने सत्तापक्षका सांसदहरूले दाबी गरिरहेका छन् । तर एमालेसहितका विपक्षी नौँ दलहरूको संसद बस्नअघि बस्ने संयुक्त बैठकले कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ने बुझिएको छ ।



