काठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध प्रदर्शनमा उत्रिएका झण्डै तीन दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

तस्बिर: सामाजिक सञ्जालबाट


उज्यालो अभियानको ब्यानरमा राजधानीमा प्रदर्शनमा उत्रिएकाहरुले माइतीघरमा सडक अवरुद्ध गर्न खोजेपछि ३७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरुले ‘कुलमान र जनार्दनलाई काम गर्न देऊ, सर्वोच्चको आन्तरिम आदेश खारेज गर, १८ घण्टा लोडसेडिङ गर्नेलाई कारबाही गर भन्ने नारा लगाएका थिए ।

गत वर्षहरुमा यो समय दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेकोमा यस वर्ष राजधानीमा पूर्णरुपमा र बाहिरी जिल्लाहरुमा आंशिकरुपमा लोडसेडिङ हटाएपछि उर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अहिले चौतर्फी प्रसंशा भइरहेको छ ।

यसैक्रममा लोडसेडिङ हटाउने अभियानमा अवरोध पुर्‍याउन खोजेको भन्दै उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त गरेको थियो । त्यसविरुद्ध रिट परेपछि सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न, नगराउन आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah