काठमाडौं–सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संसदमा पासो थापेर आफ्नो बदनाम गरिएको बताएका छन्। सोमबार संसदमा ‘खैनी खाएर थुकेको’ दृश्य सार्वजनिक भएपछि उनको सर्वत्र आलोचना भैरहेको छ। मन्त्री केसीले संसदको त्यो दृश्य बदनाम गर्ने नियतमा बाहिर आएको बताए।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित जयराम दवाडीद्वारा लिखित ‘मेरो जीवनयात्रा’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा मन्त्री केसीले संसदमा आफ्नो बदनाम गर्नेगरी दृश्य खिचिएको भन्दै आक्रोश पोखे।

‘केही दिनदेखि म अस्वस्थ छु, संसदमा एक्कासि मेरो घाँटी सर्क्यो, बाध्यताले थुक्नु पर्ने भयो,’ उलने भने ‘मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझी जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ।’

मन्त्री केसीको भनाई थियो ‘हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो, कुनैदिन मेरै जस्तो समस्या अरुलाई पनि नआउला भन्न सक्दिन।’

मन्त्री केसीले संसदमा खैनी खाएर थुकेको नभएर दालचिनी खाएर थुकेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah