काठमाडौं, २० पुस । संविधान संशोधन प्रस्तावको स्वामित्व लिन आखिरी घडीमा तयार देखिएको मधेसी मोर्चाले अरू राजनीतिक दलसँग संवाद तीव्र पारेको छ ।

आजको कान्तिपुरमा खबर छ– विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र कमल थापा नेतृत्वको राप्रपासँग संवाद थालेका मोर्चा नेताले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्न आग्रह गरेका छन् ।

सिंहदरबारस्थित फोरम लोकतान्त्रिक संसदीय दलमा सोमबार दिउँसो पुगेका तमलोपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीलगायत मोर्चा नेताले समर्थनका लागि गच्छदारलाई आग्रह गरेका थिए । कांग्रेस, एमाले र माओवादीसँग १६ बुँदे सहमति गरेको पर्सिपल्ट गत वर्ष जेठ २७ गते मधेसी मोर्चाबाट गच्छदारलाई निष्कासन गर्ने निर्णय गरेका मोर्चा नेताहरू अहिले संविधान संशोधन पास गर्नका निम्ति उनैलाई सम्झन पुगेका हुन् । संसदमा फोरम लोकतान्त्रिकको १४ सिट छ ।

‘संशोधन पारित गराउन भूमिका खेल्नेबारे विजयजीसँग हाम्रो सकारात्मक कोणबाट कुराकानी भयो,’ तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले भने, ‘उहाँले पनि संविधान संशोधनबिना कार्यान्वयन असम्भव रहेको भनी आफ्नो दलले पछिल्लो केन्द्रीय समिति बैठकबाट निर्णय नै गरेको भन्दै प्रस्ताव आएकामा खुसी व्यक्त गर्नुभयो ।’ संशोधन प्रस्तावको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले पनि अघिल्लो सत्ता साझेदार फोरम लोकतान्त्रिकसँग पनि सहयोगको आशा राखेको छ । फोरम लोकतान्त्रिकको पुस ४ देखि ६ सम्मको केन्द्रीय समिति बैठकले संविधान संशोधन गरी राजनीतिक निकास दिनुपर्ने निर्णय लिएको थियो ।

फोरम लोकतान्त्रिक महासचिव रामजनम चौधरीले मोर्चाको प्रस्तावलाई आफूहरूले सकारात्मक रूपमा लिएको बताउँदै समर्थन गर्ने वा नगर्नेबारे ‘समय आएपछि निर्णय गर्ने’ प्रतिक्रिया दिए । ‘मिलेर जाऔं भन्ने उहाँहरूको कुरामा हामी पोजिटिभ नै छौं, त्यसका लागि अहिलेको संशोधन प्रस्तावलाई अलिकति परिमार्जन गर्नुपर्ने हुन्छ,’ चौधरीले भने । स्रोतका अनुसार फोरम लोकतान्त्रिकले झापा, मोरङ, सुनसरीलाई पनि प्रदेश नम्बर दुईमै राख्ने गरी प्रस्ताव लैजानुपर्ने र संशोधन प्रस्ताव त्यसैगरी तयार गर्नुपर्ने मोर्चा नेतासँग बताएको थियो । महासचिव चौधरीले भने, ‘त्यसो गर्न सकिदैन भने झापा, मोरङ, सुनसरी, सिरहा र उदयपुर गरी पाँच जिल्ला मिलाएर अर्को प्रदेश बनाऔं भन्ने हाम्रो कुरा हो ।’

स्रोतका अनुसार गच्छदारले ठाकुर र त्रिपाठीसँग आफूले तराई मधेसको पक्षमा नै हुनेगरी संविधान निर्माण हुनुपर्ने गरी अघि बढदै गर्दा मधेसविरोधी चित्रित गरिएको भनी असन्तुष्टि व्यक्त गरेका थिए । जवाफमा ठाकुरले पछाडि नहेर्न, अगाडि सहकार्य गर्न सकिने सम्भावनाका लागि तयार हुन आग्रह गरेको स्रोतले बतायो ।

संसदमा ३७ सिट भएको राप्रपासँग पनि मोर्चाका तर्फबाट तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लले कुरा अघि बढाएका छन् । उनले काठमाडौं बाहिर रहेका राप्रपा अध्यक्ष थापालाई टेलिफोन गरी संशोधन प्रस्तावको पक्षमा भोट हाल्न आग्रह गरेको तमलोपा स्रोतले बतायो । थापाले आफू संशोधनबाटै राजनीतिक गतिरोधको निकास दिनुपर्ने पक्षमा रहेको भन्दै विस्तृत सल्लाह काठमाडौं फर्केपछि गर्ने प्रतिक्रिया दिएको तमलोपाका एक नेताले बताए । कुनै बेला थापासँगै काम गरेका शुक्ललाई मोर्चाले वार्ताको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah