काठमाडौं, २० पुस । राणाहरुको दृष्टान्त पेश गर्दै ज्ञानेन्द्र शाहले ‘राजा’को रुपमा नारायणहिटीबाट बहिर्गमनपूर्व आफ्नो वंशले पहिरिएको श्रीपेच साथमा लैजाने इच्छा व्यक्त गरेका थिए । तर, तत्कालिन सरकारले उनको इच्छा पूरा गरेन मात्र होइन, अहिले ज्ञानेन्द्रलाई लैजान नदिइएको त्यही श्रीपेचको कथा सुन्यो भने इतिहासले र सम्पदालाई माया गर्नेहरु धुरु–धुरु रुने छन् ।

शाहवैशीय श्रीपेचलाई बुलेटप्रूफ सिसाभित्र हालेर प्रदर्शन गर्ने गरी ०६९ सालमै एउटा प्रतिवेदन पेश भएको थियो । राजदरबारबाट ‘दरबार संग्रहालय’मा परिणत भएपछि संस्कृति मन्त्रालयका सहसचिव नारायण रेग्मीसहित त्यहाँका प्रमुखको रुपमा काम गरेका लेखबहादुर कार्कीहरुले तत्कालीन सचिव सुशील घिमिरेसमक्ष पेश गरेको प्रतिवेदनअनुसार सार्वजनिक प्रदर्शनको व्यवस्था मिलाउनुको सट्टा चरम लापरवाही गरिँदा श्रीपेच हेर्नै नहुने हालतमा पुगेको हो ।

०६९ भदौमा रुपन्देही र सुर्खेत कक्षका झ्यालको सिसा विस्थापित गरी बुलेटप्रुफ सिसा जडान गरेर श्रीपेच राखिएको थियो । तर, अहिले त्यो त्यहीँको सैलुनमा छ । ज्ञानेन्द्रले दरबार छाड्नासाथ सेनाको एउटा टुकडीले पहरा दिएर श्रीपेच सुरक्षित राखेको थियो । सैनिक पहरा त अहिले पनि छ, तर सेनाका तीन जवान मात्र खटिएका छन् ।

उक्त श्रीपेचमा सात सय ५० वटा हीराका टुक्रा छन् । टायरामा दुई हजार सात सय टुक्रा छन् । श्रीपेचको पछिल्तिर झुण्डिने कल्की वर्ड अफ प्याराडाइज नामको चराको पुच्छर हो, जो संसारमै दुर्लभ मानिन्छ ।

कल्कीबाहेकका भागमा हीरा, मोती, माणिक, नवरत्न, सुन जडित छन् । राजदण्ड र चमरमा पनि सुनजडित छन् । राजदण्ड र चमरमा पनि सुनजडित छन् । त्यसमा चाँदीको मात्रा बढी रहेको बताइन्छ ।

श्रीपेचलाई एक विशेष किसिमको तेल लगाएर नियमित रुपमा सफा गरेन भने चमक घट्दै जान्छ । सरकारले सुरक्षा त दिएको छ, तर सरसफाई भएको छैन । त्यसमाथि अहिले नारायणहिटी संग्रहालय प्रमुखको जिम्मेवारीमा रहेका रोहित ढुंगानाले बताएअनुसार, गत वर्षको भूकम्पका कारण क्षतिग्रस्त भएको श्रीपेच पुन:निर्माणको बजेट अहिलेसम्म सरकारले निकासा दिएको छैन । कति र कस्तो क्षति भएको हो ? यसबारे ढुंगानाले केही बताएनन् । अचम्मको कुरा त के भने, हजार डिग्री तापक्रमले पनि नबिगार्ने डिजिटल पासवर्ड प्रणालीको अत्याधुनिक दराजमा राखिएको उक्त श्रीपेचमाथि भूकम्पले क्षति पुर्‍यायो कसरी ? वा, ०६९ सालमै त्यति जतन गरेर राखिएको श्रीपेच पछि किन त्यस्तो कच्ची भवनमा सारियो ? यसको जवाफ दिने अधिकारी भेटिएनन् ।

नारायणहिटी स्रोत भन्छ, भूकम्पले सैलुनको छाना थिचिँदा श्रीपेच कुच्चिएको छ। त्यसमा रहेका केही मोतिका दाना चुँडिएका छन्। थाहा छैन, त्यसमा जडित सुन पहिलाकै नम्बरी छ कि, त्यसमा पनि बदमासी भइसक्यो ? नारायणहिटी प्रमुख ढुंगानाको अनुसार, सरकारले यथेष्ट बजेट निकासा दिएमा सकेस्म ०७४ साल नलाग्दै श्रीपेच सार्वजनिक प्रदर्शनका लागि खुला गर्ने सकिनेछ । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah