सोलुखुम्बु, २० पुस । नेकपा (माओवादी केन्द्र) प्रदेश नं– १ का इन्चार्ज तथा सचिवालय सदस्य गोपाल किराँतीले नेकपा(एमाले) सङ्घीयता खारेज गर्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) सोलुखुम्बुको एकदिने प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्नुहँुदै नेता किराँतीले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकको विरुद्धमा एमाले उठ्नु भनेको सङ्घीयतासँगै संविधान नै खारेज गर्ने खेल भएको बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका किराँतीले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित गराउने भन्दै एमालेलाई सहमतिमा आई मधेसवासीको मुद्दालाई हल गर्न आग्रह गर्नुभयो ।

संशोधन गरी सङ्घीयता तथा संविधान कार्यान्वयनसँगै नयाँ संरचनाअनुसार नै स्थानीय निकायको निर्वाचन गराउने पनि नेता किराँतीले बताउनुभयो ।

जिल्ला विकास समिति सोलुखुम्बुको समीक्षा हलमा आज सम्पन्न भएको माओवादी केन्द्रको एकदिने प्रशिक्षण कार्यक्रममा एक नगरपालिका तथा ३० गाविसका करिब २५० जना माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah