मुम्बई । पतिसँग सम्बन्ध विच्छेद गरेर एक्लै बस्दै आएकी बलिउड अभिनेत्री एवम् मोडल सोफिया ह्यातसँग एक व्यक्तिले रात विताउन चाहेको खुलासा भएको छ । ती व्यक्तिले सोफियासँग एक रातको कति रेट हो भनेर प्रश्न सोधेका छन् ।
सोफियालाई एक शुभेच्छुकले अश्लील म्यासेज पठाएर एक रात विताउन चाहेको जनाएका हुन् । त्यसपछि सोफियाले ती व्यक्तिलाई पाठ पढाउनका लागि च्याटलाई इन्स्टाग्राममा सेयर गरेकी छिन् ।
सोफियालाई इन्स्टाग्राम अकाउन्टबाट अश्लील म्यासेज पठाइएको थियो । ती व्यक्तिले सोफियालाई एक रातको मूल्य सोधेका छन् । सोफियाले उनलाई गतिलो जवाफ दिएको स्क्रिनसटक सेयर गरेकी छिन् ।
सोफियाले ती व्यक्तिको जवाफमा लेखेकी छिन्, ‘पहिले आफ्नी आमा, त्यसपछि बहिनी र श्रीमतीलाई सोध, उनीहरूले तँलाई एक रातको रेट बताउनेछन् ।’ यस्तोमा प्रयोगकर्ताले जवाफमा लेखेका छन्, ‘तर उनीहरूले त आफ्नो शरीर तिमीले जस्तो देखाउँदैनन् ।’
सोफियाले यो कुराको थप कडा जवाफ दिएकी छिन् । सोफियाले जवाफमा लेखेकी छिन्, ‘तेरी आमाले आफ्नो शरीर देखाइन् । टाँङ फट्याएर तँलाई जन्म दिइन् । तेरो दिमागलाई सफा गर्नुपर्छ । के रमजान तेरो जीवनमा केही महत्व राख्दैन ?’ एजेन्सी



