भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मुक्तिनाथमा योग गरिएको तस्बिर सार्वजनिक गर्दै प्रशंसा गरेका छन् ।

अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा मुस्ताङको मुक्तिनाथ मन्दिर अगाडि आइतबार योग अभ्यास गरिएको थियो । भिक्षु र स्थानीयबासीले योग गरेर दिवस मनाएका हुन् ।

मोदीले मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्बिर ट्वीटर गर्दै ‘वन्डरफुल’ भनेर लेखेका छन् । २१ जुनमा विश्व योग दिवस र संगीत दिवस मनाउने गरिन्छ ।

नेपाल भ्रमणका बेला मोदीले मुक्तिनाथमा केही समय विताएका थिए । उनले मुक्तिनाथको प्रशंसा गर्नुका साथै स्थानीयसँग तस्बिर पनि खिचाएका थिए ।

मोदीले सोमबारफेरि मुक्तिनाथ मन्दिर अगाडि योग गरेको तस्बिर ट्वीटरमा पोष्ट गरेका छन् । यसबाट नेपालको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको थप प्रचार भएको छ ।

नेपालस्थित भारतीय दूतावासको ट्वीटर पेजबाट पनि मुक्तिनाथ मन्दिर अगाडि १२ हजार ५ सय फिटको उचाइमा गरिएको योगको फोटो र भिडियो सेयर गरिएको छ ।

मुक्तिनाथ हिन्दु र वौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिन्छ । हिन्दुका चार धाममध्ये मुक्तिनाथ र पशुपतिनाथ नेपालमा पर्दछन् भने वद्रिनाथ र केदारनाथ भारतमा पर्दछन् ।

दैनिक नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah