काठमाडौं, २१ पुस । मलेसियासहित कतार, साउदी अरब, दुबई, ओमन र बराइनमा कामदार पठाउँदा म्यानपावर कम्पनीले फ्रि भिसा र टिकट उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
म्यानपावर कम्पनीले यी देशमा कामदार पठाउँदा सेवा शुल्क बापत मात्र १० हजार रुपैयाँ लिनुपर्ने व्यवस्था छ ।
तर, म्यानपावर कम्पनीले कामदारसँग लाख रुपैयाँसम्म लिइरहेका छन् । सरकारी निकायमा पेश गर्ने कागजका लागि भने १० हजार रुपैयाँकै रसिद काटने गरेका छन् ।
सरकारी अनुगमन फिताले हुँदा कामदार पनि बढी भारमा परेका छन् भने फ्रि भिसा र टिकटको निर्णय कागजमा सीमित हुन पुगेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।



