अशोक दर्जी पहिलो पटक पोखरा आए । पोखराको मालेपाटनमा भइरहेको मालेपाटन सांस्कृतिक कार्यक्रममा सहभागी हुन टंक बुढाथोकी, उनका छोरा एआर बुढाथोकी र अशोक दर्जी पोखरा आएका हुन् ।
पोखरा आएपछि फेवाताल नघुमी जान जो कोही मान्दैनन् । त्यही अनुसार उनीहरु फेवाताल घुम्न गए । अशोक पहिलो पटक भएकाले होला फेवाताल देख्ने बित्तिकै दंग परे । यसमा पौडी खेल्न पाईन्छ ? पौडी खेलम न् भन्दै टंकलाई सोध्दै थिए । डुङ्गाबाट तालबीचमा रहेको बाराही मन्दिर जाँदा डुङ्गा अशोक दर्जीले रमाईलो मानी–मानी चलाए ।
अरुले हुँदैन, नचलाउन आग्रह गर्दा पनि अशोकले कस्तो मज्जा आएको छ भन्दै डुड्गा चलाईरहे ।
मलेसिया र दुबईको भ्रमण अत्यन्त सफल भएको भन्दै टंक बुढाथोकीले अशोकको घर निर्माण हुनेमा ढुक्क देखिए । अशोकलाई लिएर टंकले पैसा कमायो भन्नेहरु छन् नि भन्ने प्रश्नमा टंकले भने– ‘म मेरो छोरो दिन्छु, लगेर कमाएर खानुस्’ ।
पुरा भिडियो हेर्नुहोस्–



