नेपाली सांगीतिक गगनमा ‘गीतकार कादम्बरी दाना श्रेष्ठ’ चर्चित नभए पनि अब अपरिचित चै रहेन । गीतकारको रुपमा आफ्नु शब्द शिल्पीद्वारा पहिलो एल्बम ”सुशान्त ” मार्फत नेपाली सांगीतिक संसारमा पाइला सारेकी कादम्बरीले केहि महिना अघि आफ्नु दोश्रो एल्बम ”कादम्बरी कुन्ज” लिएर आइन जसमा शंकर थापाको एकल संगीत र उदयराज पौडेलको एकल संगीत संयोजन रहेको छ । मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शंकर थापा स्माईलको स्वर रहेको यो एल्बममा ६ वटा गीत समावेसहरु छन ।

उक्त एल्बमको गीतहरुको म्युजिक भिडियो पनि क्रमिकरुपमा निर्माण हुदै आएको सबैलाई बिदिदै छ जसमा पहिलो म्युजिक भिडियो ”लैजाउन मलाई सिउदोमा सिन्दूर लर्काइ” पहिले नै सार्बजनिक भैसकेको छ । सोहि एल्बमको दोश्रो गीत ”शुभकामना” को म्युजिक भिडियो पनि निर्माण भएर आज असार १५ को दिन रिलिज भएको छ । ”शुभकामना” को म्युजिक भिडियोलाई नेपाल आइडलकि टप सेभेनमा परेकी सन्ध्या जोशीको सुमधुर आवाजले सजिएको छ ।

प्रेम बिछोडको तड्पमा तड्पिएकि प्रेमिकाको भावनालाई प्रस्तुत गरेको उक्त गीतमा गायिका सन्ध्या जोशी र गीतकार श्रेष्ठको अभिनय देख्न सकिन्छ । आफ्नु प्रेम असफल भए पनि प्रेमीलाई सफलताको शुभकामना दिदै गायिका जोशीको उत्कृष्ट अभिनयले कादम्बरीको शब्दशिल्पी गीतलाई पूर्ण न्याय प्रदान गरेको छ । कादम्बरी कुन्जको भावार्थ नै यो गीत मार्फत हो कि भन्ने आभाष दर्शकहरुलाई पर्न सक्छ । कादम्बरीको शब्द शिल्पीले गायिका सन्ध्या जोशीलाई पनि थप परिचित गराउन सफल हुने बिश्वाश गर्न सकिन्छ साथै युवा पुस्तामा यो गीतको डिमाण्ड हुने पक्क्कपक्की देखिन्छ ।

देवजंग थापाको सम्पादन , निर्देशन र छायांकन रहेको उक्त म्युजिक भिडियो समग्रमा उत्कृष्ट छ । डसम्युजिक नेपालको प्रस्तुति तथा बजार ब्यबस्थापन रहेको छ ।

इजरायलवासी नेपालीहरु बीच अति नै चिरपरिचित नाम हो ”गीतकार कादम्बरी दाना श्रेष्ठ” । बैदेशिक रोजगारीको सिलसिलामा बिगत लामोसमय देखि इजरायलमै रहेर पनि नेपाली कला क्षेत्रमा के कसरी योगदान गर्न सकिन्छ भन्दै आफ्नु तर्फबाट गीतगजलको श्रीजना गर्दै नेपाली कला क्षेत्रलाई धनी बनाउन लागिपरेकी उदयीमान सर्जंकमा पर्छिन ”गीतकार कादम्बरी दाना श्रेष्ठ”। इजरायलमा रहेको बिभिन्न सामाजिक संघसंस्थाहरुमा संग्लन हुदै समाजसेवामा पनि लागि पर्ने नाम हो ”गीतकार कादम्बरी दाना श्रेष्ठ”।

प्रतीक्षा गर्नुहोस यहि आउदो साउन ८ गते सुरसालाको आइडलका बाल गायक आयुश केसिको स्वर तथा अभिनयमा कादम्बरी कुन्जमा रहेको ”बाबाआमा” बोलको म्युजिक भिडियो आउदैछ ।

शुभकामनाको सिंगो टिमको मेहनत प्रसंसनिय छ , स्वदेशनेपालको तर्फबाट सिंगो टिमलाई सफलताको कामना छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah