नायिका पूजा शर्माको निर्माण रहेको फिल्म ‘रामकहानी’ आगामी भदौ २२ गतेबाट प्रदर्शनमा आउने भएको छ।

पूजाले ‘मेरी बास्सै’का माग्नेबुढा अर्थात केदार घिमिरेलाई १० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक दिएर फिल्म खेलाएको भनेर यसको चर्चा हुँदै आएको छ। यस फिल्ममा पूजा शर्मासँग आकाश श्रेष्ठले रोमान्स गरेका छन्।

सिनेमाको अहिलेसम्म एउटा मात्रै गीत सार्वजनिक भएको छ। ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउछु’ जस्ता हिट सिनेमा दिएकी पूजाको यो फिल्मलाई दर्शकले प्रतीक्षा गरिरहेका छन्। उनी यो फिल्मबाट आफ्नो करिअरमा सफलताको ह्याट्रिक गर्न चहान्छिन्। तर, उनलाई यसपटक भने सजिलो छैन। उनको सिनेमा रामकहानीसँगै नायक प्रदीप खड्काको सिनेमा ‘रोजी’ प्रदर्शनमा आउने भएको छ। रोजी हत्याकाण्डमा आधारित रहेर निर्माण गरेको सिनेमा रोजीको उद्धव पौडेलका छोरा निरक पौडेलले निर्देशन गरिरहेका छन्। यस हिसाबले पनि रोजीले हलमा राम्रो उपस्थिति जनाउने अनुमान गरिएको छ।

त्यस्तै सोही मितिमा रंगपत्रकार एवम् निर्देशक सुब्रत आचार्यले निर्देशन गरेको सिनेमा ‘सुश्री सम्पती’ पनि प्रदर्शनमा आउने भएको छ। एकै मितिमा ३ वटा सिनेमाको भिडिन्त हुने भएपछि कुनले बाजी मार्ने हो भन्ने चाँसोको विषय बनेको छ।

 

एकै मितिमा बहुप्र तीनवटा सिनेमाको भिडन्त रोचक हुने देखिन्छ। आफ्नो सिनेमासँगै प्रदीपको सिनेमा पनि प्रदर्शनमा आउने भएपछि छटपटाएकी पूजाले फेसबुकमा स्टाटस ठोकिन्। त्यो पनि आफूलाई चर्चित अर्जेन्टिनी फुटबल खेलाडी मेस्सीसँग तुलना गरेर। स्टाटसमा उनले लेखेकी छन्, ‘मेस्सी र म उस्तै। जब खेल्न प्रयास गर्छु तब धेरै परिस्थितिले घेरिदिएको हुन्छ । त्यस्तै भएको छ ‘रामकहानी’ रिलिज मितिको। केही चलचित्र मलाई तल पार्न सोही मितिमा आउन लागेका छन् तर ठिकै छ। मेसीलाई घृणा गर्ने धेरै छन् तर केही कुराले उनलाई डाउन पार्न सकिन्न। किनभने उनीलाई माया गर्ने आफ्नो फ्यान र शुभचिन्तक धेरै छन्। म पनि एक खेलाडी हो जोसँग फ्यानको माया र साथ छ। मैले चलचित्र बनाएको प्रतिस्पर्धाको लागि होइन, मलाई माया गर्ने फ्यान र शुभचिन्तकको लागि बनाएको हो। जय रामकाहनी, भदौ २२।’

यसरी स्टाटस लेखेकी नायिका पूजाको स्टाटस सार उनको घुर्की, धम्की र गुनासो के हो? बुझ्नै सकिएन। मेस्सी जस्ता फुटबलका महान् भनिएका खेलाडीसँग तुलना गरेर उनले आफूलाई अब्बल देखाउन खोजेजस्तो देखिन्छ।

मेस्सीको टिम त घर फर्कियो फर्की सक्यो रामकहानीलाई मेस्सीको जस्तो रित्तै फर्कन नपरोस्, शुभकामना।


 

-नेपाल खबर बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah