संविधान संशोधनलाई राष्ट्रघाती भनेर सडक र सदन दुवैमा आन्दोलन चर्काउदै आएका एमालेसहितका नौ दलहरूले आज राजधानीमा बृहत शक्ति प्रदर्शनको कार्यक्रम राखेका छन् ।
राजधानीका विभिन्न चार दर्जन स्थानबाट निस्कने विरोध र्यालीहरू एक ठाउँमा जम्मा भएर संयुक्त रुपमा प्रदर्शन गर्ने आयोजकहरुले जनाएका छन् । प्रदर्शनलाई व्यवस्थित बनाउन एमालेले ५ सय स्वयं सेवक परिचालन गर्ने बताएको छ ।
संविधान संशोधन विधेयकविरुद्ध आज राजधानीमा आयोजना गरिएको बृहत जनप्रदर्शनमा एमालेसहित विपक्षी नै दलले लाखौं जनता सडकमा उतार्ने तयारी गरेको बताउदै आएका थिए । एमालेले मात्र कम्तीमा २ लाख जनता सडकमा उतार्ने बताएको थियो ।
सामाजिक सद्भाव खलबल्याएर राष्ट्रिय एकता विखण्डित गर्ने षड्यन्त्र भएको र त्यसको भण्डाफोर गर्दै निर्वाचनका लागि दबाब दिन भन्दै एमालेसहित नौ दलले जनप्रदर्शन र आमसभा गर्न लागेका हुन् ।
विरोध सभालाई एमाले अध्यक्ष केपी ओलीसहित अन्य दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा निकायले पनि आफ्नो तर्फबाट विशेष व्यवस्था गरेको एमालेले जनाएको छ ।एमालेको आजको विरोध प्रदर्शनलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी रामशाहपथले बैकल्पिक रुटको प्रयोग गर्न समे सबैमा आग्रह गरेको छ ।
साथै ट्राफिक प्रहरीले रत्नपार्क केन्द्रित विरोध सभा हुने भएपछि सो क्षेत्रको यातायात व्यवस्था दिनभिर प्रभावित हुने जनाएको छ ।
– See more at: http://nepalpati.com/news/shakti-pradarshan/#sthash.RrZQfCmq.dpuf



