राेसन भट्टराइ । झापा उदयमान गीतकार तथा साहित्यकार वाङ्गचु लेप्चा ( सुमन) ले अब आफैँले लेखेको गीत यो जिन्दगी घुमउरो बाटोबाट मोडलिङ करियर सुरु गर्ने भएका छन् । दिपेन याक्थुम्बाको संगित तथा तारा लिम्बुको स्वरमा रहेको उक्त म्यूजिक भिडियोबाट लेप्चाले मोडलिङ करियर सुरु गर्ने बताएका छन् ।

सन्तोष कार्कीको निर्देशनमा बनेको उक्त मिडियोमा मोडल बिक्की कार्की रेखा फागो र निरुता लिम्बुलाई पनि देख्न सकिन्छ ।
लेप्चाले खेलेको उक्त भिडियो अन्य म्यूजिक भिडोयो भन्दा अलिक फरक रहेको बताउन्छन् । भिडियोमा लेप्चालाई एक गरिब मोटरसाइकल मेकानिकको रुपमा देख्न पाइनेछ । समाजमा आर्थिक समस्याबाट हुने सत्य घटनामा आधारीत रहेर बनेको यो भिडियो सोमबार रिलिज हुने लेप्चाले बताएका छन् ।




