जब नेपाली महिलाको प्रमुख चाड हरितालिका तिज नजिकिन्छ, नयाँ तिज गीतहरुको बाढी नै लाग्न थाल्छ । पछिल्ला वर्ष यस्तै गीतहरुमध्ये सर्वाधिक चर्चामा रहने गीत हुन्, गायिका कोमल वलीका ।

तर, यो वर्ष वलीले गीत ल्याउने हुन् या होइनन् भन्ने धेरैलाई जिज्ञासा थियो । यस्तो किन भने वली राष्ट्रिय सभा सदस्य भएकी छिन् । पूर्णकालीन राजनीतिमा लागेपछि गीतमा ब्रेक लाग्ने हो कि भन्ने धेरैको अनुमान थियो ।

यस्ता अनुमानहरुलाई किनारा लगाउँदै वलीको यो वर्षको पहिलो तीज गीत सार्वजनिक भएको छ । यो गीत चाहिँ उनले बहिनी प्रज्ञा वली ‘शरद’सँग मिलेर गाएकी हुन् ।

युट्युबमा रिलिज गरिएको ‘आउ दिदी बहिनी हो’ बोलको गीतमा वलीका दिदीबहिनी छमछमी नाचेका छन् ।

यसअघि यी दिदीबहिनी मिलेर तिज गीत ‘म त नाच्दिनँ क्यारे’ बजारमा ल्याएका थिए ।

‘माननीय भए पछि पनि तिज गीत निकाल्न छोड्नु भएन नि ?’ वलीलाई यो प्रश्न गर्दा उनले भनिन्, ‘कसरी सक्नु, गीत–सङ्गीत भनेको त मेरो आत्मा हो, मेरो नशानशामा गीत छ ।’

‘त्यसो भने यसअघिका जस्तै विवादित गीत पनि आउँदैछन् त ?’ हामीले वलीलाई दोस्रो प्रश्न गर्यौँ ।

यो प्रश्नको जवाफमा वलीले कुटनीति जवाफ दिइन्, ‘विवादमा त यसअघिका गीत पनि परेका थिएनन् । सबैभन्दा महत्वपूर्ण कुरा बुझाइको रहेछ, कसले कुन गीत कसरी बुझे भन्ने हो । तर, यो गीत चाहिँ मौलिक छ, हामीले गीतमा हाम्रा मौलिक परम्परालाई प्राथमिकता दिएका छौँ ।’

वलीले यसपछि पनि यो तिजसम्ममा ६ गीत आउने बताइन् ।

सोमबार सार्वजनिक गरिएको ‘वली सिस्टर्स’ले गाएको गीतका शब्द एकनारायण भण्डारीले संकलन गरेका हुन् । यसको म्युजिक भिडियो प्रकाश भट्टको निर्देशन तथा राजेश घिमिरेको छायांकनमा तयार भएको हो ।

वलीको गीतः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah