फिल्म ‘वीरे दि वेडिङ’ मा बलिउड अभिनेत्री स्वरा भास्करले दिएको एक दृश्यका कारण उनी हालै ट्रोलको सिकार बनिन्।फिल्मको एक दृश्यमा स्वरालाई हस्तमैथुन गर्दै गरेको देखाइएको थियो। अभिनेत्री स्वराले यो दृश्य आफैमा गलत नभएको प्रतिक्रिया दिएकी छन्। बरु यो फिल्मले आम मानिसलाई स्त्रीका यौन इच्छाका बारेमा कुरा गर्न प्रेरित गरेको उनले दाबी गरेकी छन्।

समाज र सिनेमा दुवैमा यौन इच्छाबारे कुरा गर्ने चलन छैन। स्वराको पछिल्लो फिल्मले भने यो विषयमा सानोतिनो बहस छेडेको छ। स्वराको यो फिल्मलाई कसैले महिला केन्द्रित फिल्म भनेर तारिफ गरेका छन् भने कसैले यसलाई विल्कुल काल्पनिक फिल्मको संज्ञा दिएका छन्। फिल्मप्रति नकारात्मकहरूको टिप्पणी छ– यो फिल्मको समाजसँग रौं बराबर पनि सम्बन्ध छैन। स्वराले सो दृश्यमा आफूलाई निशाना बनाइने पहिलेदेखि नै थाहा पाएको बताएकी छन्।

यो दृश्यले धेरैलाई झट्का लाग्नेवाला नै थियो किनकि हाम्रो समाजमा यौनका बारेमा खुलेर कुरा गर्न लाज लाग्छ। म यस्ता कुरामा उदार सोच राख्छु र राजनीतिक मुद्दामा पनि खुलेर आफ्नो धारणा राख्छु। तर यो फिल्म हस्तमैथुनको दृश्यमा मात्र सीमित छैन, अरू थुप्रै कुरा छन् यसमा।’

उनले अगाडि भनेकी छन्, ‘मलाई खुसी लागेको छ वीरे दि वेडिङ बललिउडमा पहिलो यस्तो फिल्म बनेको छ जसले खुलेर स्त्री यौन इच्छाका बारेमा कुरा गर्छ। निजी जिवनमा पनि विस्तारै मानिसले यौनका विषयमा कुरा गर्न थालेका छन्। नत्र त एसियामा महिलाको यौनिकता, शरीर र यौन इच्छाका कुरा अपराध बराबर मानिन्थ्यो।’

केही समय पहिले रिलिज भएको फिल्म ‘वीरे दि वेडिङ’मा स्वरासँगै करिना कपुर, सोनम कपुर, शिला तलसनिया लगायतले अभिनय गरेका छन्। यो फिल्मले भारतमा राम्रो कमाइ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah