काठमाडौं, २३ पुस । एमालेसहितका नौ दलको आयोजनामा शुक्रबार भएको विरोधसभामा मञ्चबाटै भारतीय हस्तक्षेपविरुद्ध नारा लागेको छ ।
तीन पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र झलनाथ खनाल मञ्चमा बसेका थिए । कार्यक्रममा आफू बोल्ने पालेको अन्तिममा मजदुर किसान पार्टीका केन्द्रीय सदस्यले नारा भट्याएका थिए ।
उनले संशोधन प्रस्ताव फिर्ता गर, भारतीय हस्तक्षेप मुर्दावाद भन्ने नारा लगाउँदा सभाका अधिकांश सहभागीले उनलाई साथ दिएका थिए ।
प्रदर्शनका कारण शुक्रबार दिउँसोबाट ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।



