काठमाडौँ, २३ पुस । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुञ्जेलसम्म संसद् अवरोध कायम हुने बताउनुभएको छ ।

सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चद्वारा यहाँ आज यहाँ ‘पार्टी प्रशिक्षण तथा सम्मान’ कार्यक्रममा उहाँले आइतबार पनि संसद् बैठक अवरोध हुने बताउनुभयो ।

उहाँले बेमौसमी ढङ्गले संसद्मा दर्ता गराएको संशोधन प्रस्ताव स्थगन गरेर निर्वाचनबारेमा बहस हुनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले संविधान संशोधनका विरुद्ध एमालेले राखेको अडान छोडे देश गम्भीर मोडमा पुग्ने भन्दै देश हित प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न नदिने बताउनुभयो ।

“संविधान संशोधनमा पार्टीले राखेको अडानबाट एमाले पछि हटे देशले गम्भीर सङ्कट व्यहोर्नु पर्छ”– उहाँले भन्नुभयो, “देशलाई सङ्कटबाट जोगाउन एमाले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म पछि हट्दैन ।”

दलीय राजनीतिक स्वार्थले प्रेरित भएर संविधान संशोधनको विरोध नगरेको स्पष्ट पार्दै उहाँले राष्ट्रिय हितको रक्षाका लागि निम्ति आफूहरु विरोधमा उत्रिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा महासचिव पोखरेलले सिन्धुलीका नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदार देवकोटालाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah