दमौली, २३ पुस । वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले श्रमिकको हित हुन नसके मुलुक माथि उठ्न नसक्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस निकट टे«ड युनियनद्वारा आज दमौलीमा आयोजित जिल्ला भेला तथा सङ्गठन विस्तार सुदृढीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डरीले सो कुरा बताउनुभएको हो ।
एमालेले लामो समयसम्म संसद् अवरुद्ध गर्नु अलोकतान्त्रिक कार्य भएको मन्त्री भण्डारीले बताउनुभयो । संविधान कार्यान्वयनका लागि पनि तीनवटै तहको निर्वाचन हुनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, टे«ड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, काँग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने, पूर्वसभापति रघुनाथ पौडेल युनियन तनहुँका अध्यक्ष सूर्यचन्द्र हड्खलेलगायतले श्रमिकको हक र अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको थियो ।



