बारा, २३ पुस । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्त ठाकुरले संसोधन प्रस्ताव पारित नभएसम्म स्थानीय तहको निर्वाचन हुन नदिने बताउनुभएको छ ।
आज सदरमुकाम कलैयामा तराई मधेश दलित उत्थान मञ्चद्वारा आयोजित दलित सहभोज तथा दलित भेला कार्यक्रमको उद्घाटन गर्दै उहाँले संसोधन प्रस्ताव पारित भएमात्र मधेशी, दलित, जनजातिलगायतका हक अधिकार सुनिश्चित हुने बताउनुभयो ।
समाजमा देखा परेको छुवाछुत भेदभाव अन्त्य गर्न सहभोजले सघाउ पु¥याउने अध्यक्ष ठाकुरको भनाइ थियो । कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जीतेन्द्र सोनलको समेत उपस्थिति रहेको थियो ।



