काठमाडौँ, २३ पुस । मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि आफ्नो पार्टीले संशोधन हाल्ने बताउनुभएको छ ।

यहाँ आज रिपोटर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष गच्छदारले सरकारले अघि सारेको संशोधन विधेयक अधुरो र अपूरो रहेकाले प्रस्तावलाई परिमार्जन नगरे मुलुकको समस्या समाधान नहुने जिकिर गर्नुभयो ।

सात प्रदेशले मुलुकको समस्याको समाधान नगर्ने भन्दै उहाँले आफ्नो पार्टीले विगतदेखि भन्दै आएको ८ प्रदेश निर्माणले नै समस्याको समाधान गर्ने भनाइ राख्नुभयो । उहाँले अहिले दर्ता गरिएको सीमाङ्कन संशोधन प्रस्तावले थारुको माग सम्बोधन नगरेको बताउनुभयो ।

आफू र आफ्नो पार्टी कुनै पनि अतिवादका पक्षमा नलागी मुलुकको निकासका लागि जहिले पनि मध्यमार्गी भूमिका निर्वाह गर्दै आएको उहाँले टिप्पणी गर्नुभयो । प्रमुख दलबीच सहमति, सहकार्य र एकताको अहिले पनि उत्तिकै खाँचो रहेकामा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah