हेटौँडा, २३ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको राजमार्ग जीर्ण हुँदा यातायात व्यवसायी मारमा परिरहेको बताउनुभएको छ ।
नारायणी यातायात व्यवसायी सङ्घको आज हेटौँडामा सम्पन्न ३०औँ वार्षिक साधारणसभामा राज्यमन्त्री बानियाँले यस्तो बताउनुभएको हो ।
हेटौँडामा राजमार्ग २५÷२५ मिटर चौडाका लागि भत्काउन लागेको सन्दर्भलाई जोड्दै मन्त्री बानियाँले राजमार्ग चौडा पार्ने काम सकारात्मक हो, तर सरकारले व्यक्तिका घर भत्काउनु अघि राजमार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सङ्घका अध्यक्ष बद्री चौलागाईंको अध्यक्षतामा भएको साधारणसभामा सांसद अनन्त पौडेल, नेपाल ट्रक यातायात व्यवसायी महसङ्घ अध्यक्ष अर्जुन रानाभाटले मन्तव्य व्यक्त गर्नुभएको थियो ।



