मुम्बई । बलिउड अभिनेत्री मनीषा कोइरालाले ‘सञ्जु’बाट राम्रो प्रशंसा पाएकी छिन् । बलिउडमा नाम चलेको कलाकारमा मनीषा पर्छिन् ।

‘सञ्जु’मा मनीषाले सञ्जय दत्तकी आमा नरगिसको भूमिका निभाएकी छिन् । उनको भूमिका छोटो भए पनि प्रभावकारी छ ।

मनीषाको अभिनयको पनि प्रशंसा भइरहेको छ । ‘सञ्जु’को सफलतापछि उनको करिअरले गति लिनसक्ने अनुमान गरिएको छ ।

मनीषा कोइरालाकी आमा सुष्मा कोइराला भने ‘सञ्जु’ हेरेपछि अभिनेता रणवीर कपुरको फ्यान बनेकी छन् । यसको जानकारी मनीषाले एक अन्तर्वार्तामा दिएकी हुन् ।

मनीषाका अनुसार आमा सुष्माले उनलाई नेपालबाट फोन गरेर ऋषि कपुरको फोन नम्बर मागेकी थिइन् । ‘उहाँ रणवीरको अभिनयको विषयमा उनको बुवा ऋषि कपुरसँग छलफल गर्न चाहनुहुन्थ्यो । मैले नम्बर उपलब्ध गराएकी थिएँ’, मनीषाले भनेकी छिन् ।

सुष्माले सोझै रणवीरसँग कुरा नगरेर किन ऋषि कपुरसँग कुरा गर्न चाहिन् भन्ने चाहीँ खुल्न सकेको छैन । आफ्नो जमानाका हिरो भएकाले पनि सुष्मालाई ऋषिसँग कुरा गर्न मन लागेको हुन सक्ने अनुमान गरिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah