करन महरा / केबि
पछिल्लो समय गित सङ्गीत क्षेत्रमा नौलो आयाम सृजना गर्नुभएका संङ्गितकार अर्जुन पन्तले आफ्नो चौथो तथा बिल्कुलै फरक र नौलो भाकामा रहेको तीज गित रातो सारी,रातै चुरा बजारमा ल्याउनु भएको छ ।
पर्बत जिल्ला फलेवास नगरपालिका वडा न ७ लिमिठाना छहरामा जन्मनु भएका पन्तले हाल सम्म गरि करिब ४ गित बजारमा ल्याउन सफल हुनुभएको छ। उनको पहिलो एल्बम रंगिन साँझ, तेसैगरी दोश्रो एल्बम कुश्मा बजार र तेस्रोमा सारा सपना बोलको गीतहरुको सफलता संगसंङ्गै निक्कै नै रमाईलो तिज गित रातो सारी रातै छ चुरा ,आफ्नो चौथो एल्बमका रुपमा बजारमा ल्याउनुभएको हो ।
उक्त तिज गीतका लागि गायक तथा संङ्गितकार अर्जुन पन्त र गायिका कल्पना गुरुङ्ग ले स्वर दिनुभएको हो।संङ्गितकार पन्तको आफ्नै लय तथा एरेन्जर याम थापा मगरले गर्नुभएको उक्त तीज गीतको बजार ब्यबस्थापन भने काठ्मान्डौमा रहेको न्यू अन्जना डिजिटल मिडिया प्रा.लि.गरेको हो ।



