काठमाडौं, २४ पुस । सरकारले प्रमुख प्रतिपक्षी एमालेसहितका नौँ विपक्षी दलको विरोधका बीच संसदमा संविधान संशोधनको विधेयक पेश गरेको छ ।
आफूहरुको विरोधका बाबजुद संसदमा संशोधन प्रस्ताव प्रस्तुत भएपछि विपक्षी दलहरुले ‘लज्जास्पद घटना’ भनेका छन् । प्रमुख प्रतिपक्षी एमालेले सभामुख ओनसरी घर्ती संसदीय अभ्यासविपरीत गएको प्रतिक्रिया दिएको छ ।
संसद भवनबाट बाहिरिंदै एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपालको सार्वभौम संसदमा संसारमै नभएको लज्जास्पद घटना भएको प्रतिक्रिया दिए ।
विपक्षीको अवरोधकाबीच संसदीय अभ्यासविपरीत गएर सभामुखले संशोधन विधेयक प्रस्तुत गर्न अनुमति दिनु लज्जास्पद घटना भन्दै उनले आफूहरुको विरोधलाई निरन्तरता दिने बताए ।
सरकारको निर्देशनमा सभामुख यसरी अगाडि बढ्नुहुन्छ भनेर आफूहरुले नसोचेको तर उहाँ पार्टीकै निर्देशनमा चल्ने गरेको पुष्टि आजको घटनाले देखाएको एमाले नेताहरुको भनाई छ ।
यसरी टेबल भयो संशोधन विधेयक हेर्नुस् भिडियोः
दैनिक नेपाल बाट सभार गरिएको।



