काठमाडौं, २४ पुस । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले राष्ट्रवादको नाराभित्र राष्ट्रघाती काम भइरहेको टिप्प्पणी गरेका छन् । अखिल क्रान्तिकारीले पुल्चोक इन्जिनीयरिङ क्याम्पसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘कतिपय राजनीतिक शक्तिहरुले राष्ट्रवादको नारा अघि सार्दै आन्तरिक राष्ट्रियता विथोल्न लागि परेका छन्,’ मन्त्री शर्माले भने, ‘मुलुकभित्रकै ठूलो समुदायलाई अधिकारविहीन बनाएर राष्ट्रियता बलियो हुँदैन ।’

संविधान संशोधनका विरुद्ध आन्दोलनरत एमालेतर्फ संकेत गर्दै उनले मधेशी समुदायलाई अधिकारविहीन अवस्थामा राखेर राष्ट्रियताको आन्दोलन सफल नहुने तर्क गरे । विपक्षीको आन्दोलले निर्वाचनको तालिकापर धकेल्ने काम गरेको मन्त्री शर्माले बताए ।

अर्को एक प्रसंगमा उनले इन्जिनीयरिङका विद्यार्थीहरुलाई वर्षमा एकपटक ३ महिने अभियान लिएर गाँउ टोलहरुमा प्रयोगात्मक शिक्षा लिने कार्यक्रम बनाउन सुझाव दिए । जनतासँग जोडिएको प्रयोगात्मक शिक्षाले मात्र स्वरोजगारयोग्य जनशक्ति उत्पादन गर्ने भन्दै मन्त्री शर्माले गाउँ जाने अभियानलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah