राजविराज, २४ पुस । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले राष्ट्रियता जोगाउन सबै दल अग्रसर हुनुपर्ने बताएका छन् ।

राजविराजस्थित कारागारमा रहेका पार्टीका तत्कालिन जिल्ला संयोजक अरुण साहलाई आज भेट गर्न पुगेका डा भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालीले आफ्नो स्वाधीनता, सार्वभौमसत्ता रक्षाका लागि हिमाल, पहाड र तराई मधेसका मधेसी, आदिवासी जनजाति र खस आर्य जातिलाई मिलाएर एउटै क्लस्टर बनाउनु पर्ने बताए ।

जातीय राजनीतिको परिभाषा गलत भएको उनको भनाइ थियो । एउटा खास जातिलाई जोडेर क्लस्टर बनाए राष्ट्रियतालाई अशान्तितर्फ धकेल्ने र यसले राष्ट्रियता खतरामा पर्ने भन्दै उनले सबैलाई यसको रक्षाका लागि देशभित्र कुनै पनि वाद नल्याउन आग्रह गरे ।

डा भट्टराईले आजै आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा संविधान संशोधनका लागि मधेसी दलको सहयोग आवश्यक रहेको जिकिर गरे । संविधान विघटन भए पुनः २०४७ कै संविधान लागू हुनसक्ने खतरा रहेकाले यसका लागि मधेसवादी दल सतर्क रहन उनले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah