मुगु, पुस । फोतु गाविसमा सिँचाइ आयोजनामा काम गर्न गएका एक स्थानीय युवकको शनिबार भिरबाट खसेर मृत्यु भएको छ ।
फोतु गाविस–६ का २८ वर्षीय गडकबहादुर मल्लको छर्तने सामुदायिक सिँचाइ आयोजनाको फलामे पाइप जोड्ने क्रममा भिरबाट खसेर मृत्यु भएको आयोजना निर्माण समितिका अध्यक्ष खड्गबहादुर शाहीले जानकारी दिनुभयो ।



