काठमाडौँ, २५ पुस । वैदेशिक रोजगारीका क्रममा खाडीलगायत मुलुकमा ठूलो सङ्ख्यामा रहेका नेपालीलाई मतदान गर्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा भइरहेको मतदातासम्बन्धी विधेयकमाथिको दफबार छलफलमा भाग लिने सांसदले उक्त कुरा उठाएका हुन् । बैठकमा सांसद मदनकुमारी(गरिमा) शाहले वैदेशिक रोजगारीमा रहेका युवाले पठाएको विप्रेषणले ठूलो योगदान पु¥याइरहेको पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनीहरुलाई मतदान गर्न पाउने अधिकारबाट विमुख गर्न नहुने बताउनुभयो । सदस्य राजेन्द्रप्रसाद पाण्डेले विदेशमा रोजगारीमा रहेका युवालाई आफू रहेकै मुलुकबाट मतदान गर्न पाउने अधिकार सुरक्षित गर्ने व्यवस्था विधेयकमा हुन आवश्यक छ भन्नुभयो ।

बैठकमा विवाह भएका महिलाको मतदाता नामावली उनीहरुले इच्छाएको ठाउँमा पार्न सजिलो व्यवस्था गर्नुपर्ने तथा दुई ठाउँबाट मतदाता नामावली कायम गरेको पाइएमा बसाइँसराइको प्रमाणपत्रको आधारमा पछिल्लो वा मतदाता इच्छाएको केन्द्रमा मतदाता नामावली राख्ने व्यवस्था मिलाउन पनि सांसदले सुझाव दिनुभएको थियो । खाडीलगायत मुलुकमा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या ३५ लाखभन्दा बढी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah