काठमाडौं, २६ पुस । पूर्वराज्यमन्त्री तथा निलम्बित सांसद सञ्जय साह ‘टक्ला’ले गैरकानुनी रूपमा साढे ३१ करोड सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अकुत सम्पत्तिसम्बन्धी मुद्दामा आयोगले विशेष अदालतमा दायर गरेको यो मुद्दा हालसम्मकै ठूलो हो ।

आजको नयाँ पत्रिकामा खबर छ– साहविरुद्ध अकुत सम्पत्तिसम्बन्धी उजुरी परेपछि छानबिन गर्दा ३१ करोड ५० लाख २६ हजार ६ सय ५९ रुपैया“बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगले जनाएको छ । आयोगका अनुसार साहसँग करिब ८० करोड रुपैयाँबराबरको सम्पत्ति छ ।

आयोगले साहका बुबा साधु साह सुडी, आमा दुलारीदेवी सुडी, श्रीमती रंगिला देवी, भाइ रामकुमार साह तथा व्यावसायिक साझेदारहरू राममिलन राउत कुर्मी र नीलम सिंहविरुद्ध समेत मुद्दा दायर गरेको छ । साहका भाइ रामकुमार साहको नाममा रहेको मिथिला मनी ट्रान्सफर प्रा।लि।ले हुन्डीको कारोबार गरी राजस्व छली गरेकाले उनलाई समेत कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई पत्राचार गरिएको आयोगले जनाएको छ ।

रामकुमारले एक शाखाबाट अर्को शाखामा रकम पठाउँदा र झिक्दा बैंकिङ प्रणालीमा नदेखाई सोझै पठाउने गरेको छानबिनमा खुलेको आयोगको दाबी छ । आयोगका अनुसार उनले कारोबारको अभिलेख डे बुकमा मात्र राख्ने गरेको र हुन्डीसमेतको कारोबार गरेका थिए ।

त्यस्तै, सञ्जय साहका बुबा साधु साह सुडीको नाममा रहेको मिथिला आयल स्टोर्सले राजस्व छली गरेको आयोगले जनाएको छ । अनुसन्धानको क्रममा प्राप्त कागजातबाट छली खुलेकाले थप छानबिन गरी कारबाही गर्न आयोगले राजस्व विभागलाई फाइल पठाएको छ ।

साहले मिथिला मनी ट्रान्सफर, धु्रवतारा कन्स्ट्रक्सन, वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड टेक्नोलोजी, केबी पेट इन्डस्ट्रिज कर्णाली बिल्डर्स, सारस इन्भेस्टमेन्ट प्रालि, क्लाउड नाइन नेपाल, गंगासागर गु्रप अफ इन्स्टिच्युसन, मिथिला आयल स्टोर्सलगायतका कम्पनी चलाउँदै आएका छन् ।

जेलमै छन् साह
साह बम विस्फोट तथा हत्याको घटनामा संलग्न रहेको अभियोगमा हाल जेलमा छन् । फोरम लोकतान्त्रिकका तर्फबाट सांसद भएका उनी ०७१ वैशाखमा पक्राउ परेका थिए । त्यसयता उनी जेलमा छन् ।

उनी ०६५ मा भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा धनुषाबाट निर्वाचित भएका उनी फौजदारी मुद्दामा पक्राउ परेपछि निलम्बनमा परेका हुन् ।

अनुसन्धानको क्रममा साहकै योजनामा ०६९ मा जनकपुरमा बम विस्फोट भएको खुलेपछि उनलाई प्रहरीले ०७० को वैशाखमा पक्राउ गरेको हो । ०६६ मा धनुषाका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या पनि साहको योजनामा भएको खुलेपछि गत वर्ष उनीविरुद्ध अर्को मुद्दा दायर भएको छ । आफूविरुद्ध समाचार लेखेको भन्दै साहले सिंघानियाको हत्या गरेको प्रहरीले जनाएको छ ।

सिआइबीद्वारा पनि अनुसन्धान
सञ्जय साहमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले समेत अनुसन्धान गर्दै आएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर सिआइबीले अनुसन्धान गर्दै आएको छ । सिआइबीको अनुसन्धानमा उनको करिब ७५ करोडबराबरको सम्पत्ति रहेको फेला परेको थियो ।

२० वर्षअघि निम्न आर्थिक अवस्था भएका सञ्जय साहले राजनीतिको आवरणमा गुन्डागर्दीबाट सबै सम्पत्ति जोडेको प्रहरी अधिकारी बताउँछन् । प्रहरीका अनुसार हाल उनीसँग करिब ६० करोड रुपैयाँबराबरको जग्गा मात्र छ । ललितपुरमा उनको १ रोपनी जग्गा र दुई करोड मूल्यबराबरको घर छ । सर्लाहीमा पाँच करोड रुपैयाँबराबरको नौ कट्ठा र जनकपुरमा ४० करोड रुपैयाँबराबरको जग्गा रहेको सिआइबीको अनुसन्धानमा खुलेको छ । धनुषाका सामान्य व्यक्ति रहेका सञ्जय साह गुन्डागर्दी र अवैध धन्दाबाट करोडपति बनेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah