इनरुवा, २७ पुस । नेपाली काँगे्रसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव छिनोफानो भएपछि मुलुक निर्वाचनमय हुने बताउनुभएको छ ।
नेपाली काँग्रेस सुनसरीले आज इनरुवामा आयोजना गरेको अन्तरक्रियामा उहाँले केही असन्तुष्टिका बीचमा प्रस्ताव दर्ता भए पनि पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
नेता सिटौलाले अहिलको वर्तमान समस्या संविधान संशोधनबाट समाधान हुने र मुलुक निर्वाचनमा जाने बताउँदै वैशाखभित्रै स्थानीय तहको निर्वाचनको तयारी भइरहेकाले यसका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
एमाले नेतृत्वको सरकारले भन्दा वर्तमान सरकारले सकारात्मक काम गरिरहेको उहाँले बताउनुभयो ।



